सुदूरपश्चिम प्रदेशलाई आधुनिकीकरण बनाउन १८ करोड ७८ लाख बजेट विनियोजन

दार्चुला । सुदूरपश्चिम प्रदेश सभाका लागि १८ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेश सभा मार्फतको कार्यक्रम तथा विनियोजन बजेट प्रस्तुत गर्दै सो कुरा बताउनुभयो।

प्रदेश सभाको गरिमालाई कायम राख्दै प्रदेश सचिवालय व्यवस्थापन, प्रदेश सभाका विषयगत समितिको सुदृढीकरण, भौतिक श्रोत साधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले आगामी वर्ष प्रदेश सभा तथा विषयगत समितिको काम कारवाहीलाई व्यवस्थित गर्न, सूचना प्रविधिको अधिकतम उपभोग गर्न, प्रदेश सभा विषयगत समिति, सभा कक्ष, संसदीय दलका कार्यालय, प्रदेश सभालाई थप अत्याधुनिक र सौंदर्यीकरण गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?