पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबा अभिभावक गुमाएका बालबालिकाले सामाजिक सुरक्षाबापत मासिक ५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्दै बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजार रुपैयाँ दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।
गण्डकी प्रदेशभित्र कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारले ५० हजार रुपैयाँ पाउने भएका छन् । कोरोनाबाट मृत्यु भएका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्न बजेटमा व्यवस्था गरिएको नेपालीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




