बाढीपहिरोमा परेकाको उद्दार र राहतका लागि कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विपदमा परेका जनताको उद्धार र राहतमा खटिन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत देउवाले यो कठिन अवस्थामा नेपाली उद्धार र राहतमा खटिन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

विपदमा परेका जनताको उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुका लागि आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङ लगायतका क्षेत्रमा बाढी पहिरो र कटानले विकराल रुप लिएको उल्लेख गर्दै देउवाले उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?