मार्मा गाउँपालिकामा एकल महिलालाई कुखुराका चल्ला वितरण

दार्चुला । मार्मा गाउँपालिका पशु सेवा शाखाले एकल महिलालाई कुखुराका चल्ला वितरण गरेको छ । एकल महिला उपाध्यक्ष ग्रामीण कुखुरा प्रर्वद्धन कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरिएको हो ।

२१ वर्ष पूरा भएर ५० वर्ष ननाघेका एकल महिलालाई कुखुराका चल्ला, जाली, दाना, भाडाँकुडा र औषधी वितरण गरिएको पशु सेवा अधिकृत नन्दनसिह ठगुन्नाले जानकारी दिनुभयो । पशु शाखाले गाउँपालिकाभरीका ४३ जना एकल महिलालाई चल्ला वितरण गरेको हो ।

एकल महिलाको आर्थिक उपार्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रति व्यक्ति २० वटाका दरले कुखुराका चल्ला वितरण उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?