जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन ।

‘कारबाहीमा परेकाहरुलाई त बोलाउने कुरा भएन । अरुलाई बोलाइएको छ’, जसपाका नेता इस्तियाक राईले भन्नुभयो । उहाँका अनुसार, सरकारमा सहभागी भएकाहरुलाई पनि बैठकमा बोलाइएको छैन ।

यो समूहले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको छ ।

बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने राईले बताउनुभयो । यद्यपि बैठकको स्थान भने टुंगो लागेको छैन ।

३० जेठमा आयोगले जसपाका दुवै समूहले गरेको माग दावी अस्वीकार गर्ने निर्णय गरेको छ । यादवले चार नेतालाई निष्काशन गरिएको जानकारी आयोगलाई गराएको थियो । ठाकुरले पनि यादवलाई निष्काशन गरिएको पत्र बुझाएका थिए ।

तर, आयोगले भने दुवै पक्षको माग अनुसार दल दर्ता किताव अद्यावधिक गर्न नसकिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?