सिन्धुपाल्चोकको बाढीमा हराइरहेका २० जनाको पहिचान खुल्यो, ३ भारतीय र ३ चिनियाँ नागरिक (नामसहित)

काठमाडौं । सिन्धुपाल्चोकमा पहिरो तथा आएको बाढीपछि २० जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मंगलबार राति गएको पहिरो तथा आएको बाढीपछि ६ विदेशी नागरिकसहित २० जना हराइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइउको छ । ६ विदेशी नागरिकसहित २० जना हराइरहेका छन्। तिनमा ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन्।

बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन्।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे बेपत्ता छन्।

यस्तै भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता छन्।

बुधबार बिहान बाढीमा मृत भेटिएका चिनियाँ पुरुषको अझै सनाखत हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?