दार्चुला । नेकपा माओवादी केन्द्रले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिनुभयो ।
कैलालीमा पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा,गौरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भागिरथी विष्ट,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन बि.सी रहेका छन् ।
यस्तै पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि , सिराहा,ओखल्ढंगा र मोहत्तरीका १ र १ जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया