दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षीक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नवौँ गाउँसभाको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले मंगलबार (आज) एक औपचारीक कार्यक्रमका बिच नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा पुर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, स्वरोजगार र सूशासन जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । गत वर्षका अधुरा योजनाहरु पुरा गर्दै गाउँपालिकाको विकास र समृद्धिका लागि नयाँ योजनाहरुमा समेत बजेट विनियोजन गर्ने, नमुना कृषि कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रमलाई निरन्तरता दिइने, पर्यटन पवद्र्धनका लागि नमुना पर्यटन विकास कार्यक्रम लागु हुने जस्ता नीति गाउँपालिकाले अघि सारेको अध्यक्ष धामीले बताउनुभयो ।
नयाँ शैक्षिक सत्रमा तपोवन माबि पडपडा र दुर्गेश्वरी माबि घोल्जरमा कक्षा १२ सम्मको पढाइ शुरु गर्ने लगायत शिक्षा क्षेत्रको विकास र सुधारका योजना समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
१० वर्षे जनयुद्धमा शहादत प्राप्त शहिद परिवारजनलाई सम्मान सहित प्रोत्साहन रकम उपलब्ध गराउने मार्मा गाउँपालिकाको नीतिमा समावेस गरिएको छ ।
खेलकुदको क्षेत्रमा गाउँपालिकाको पहिचान बनाउन तथा क्षेत्रगत विकाश गर्न खेलकुदको क्षेत्रमा रहेका प्रतिभालाई हौसला एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिई अगामि आर्थिक वर्षमा गाउँपालिका स्तरिय खेलकुद समिति गठन गर्ने गाउँपालिकाले नीति ल्याएको छ ।
नीति कार्यक्रमको खुला सत्र समापन भएर अहिले बन्द सत्रको तयारी भइरहेको छ ।
मार्मा गाउँपालिकाको वार्षीक नीति तथा कार्यक्रम घोषणा समारोहको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया