दार्चुलाका अधिकासं ग्रामीण सडक अवरुद्ध हुँदा सास्ती

दार्चुला । दार्चुलाका अधिकासं ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षा र पहिरोका कारण गोकुलेश्वर–खार–खलंगा सडक, गोकुलेश्वर–रिठाचौपाता सडक, दार्चुला–तिङ्कर सडक लगायत अधिकासं कच्ची सडकखण्ड अवरुद्ध भएका हुन् ।

दार्चुलाका विभिन्न स्थानीय तह जोड्ने कच्ची सडकहरु निरन्तरको वर्षापछि हिलाम्य भएका छन् । चालु आर्थिक वर्षमा निर्माण भएका सबैजसो सडकहरुमा पहिरो आएर यातायातका साधनहरु बन्द भएको यातायात व्यवसायीहरुले बताएका छन् ।

गोकुलेश्वर–रिठाचौपाता सडकको ठाउँठाउँमा पहिरो गएर तीन हप्तादेखि यातायातका साधनहरु चल्न नसकेको जीप व्यवसायी गणेश धामीले बताउनुभयो । जिल्ला सदरमुकाम खलंगा जोड्ने प्रदेश गौरबको सडक आयोजना गोकुलेश्वर–देथला–धुलिगडा–दल्लेख–खलंगा सडकको माथिबाट पहिरो गएर महाकाली नगरपालिकाको मालबेला, झुस्कु, सेला लगायत क्षेत्रमा सडक अवरुद्ध भएको प्रतक्षदर्शी सन्तोष ठगुन्नाले बताउनुभयो । उक्त क्षेत्रमा सडक माथिबाट पहिरो खसेर विभिन्न स्थानमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

यातायात अवरुद्ध भएपछि गाउँगाउँमा निर्माण तथा खाद्यान्न सामाग्रीको अभाव हुन थालेको छ । ग्रामीण सडकमा यातायात नचल्दा व्यावसायी र यात्रुहरुले सास्ती खेप्नुपरेको लेकमका स्थानीय व्यवसायी कृष्णदेब जोशीले बताउनुभयो । ग्रामीण सडक कच्ची भएका कारण वर्षातको समयमा माथि र तलबाट पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् ।

यातायातका साधनहरु नचल्दा यात्रुहरुका साथै तरकारी विक्रेता किसान, व्यावसायी र उपभोक्ताहरु समस्यामा परेका छन् । सडक छेउछाउका घरहरु समेत पहिरोको जोखिममा परेका छन् ।

सायद रूख तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद प्रकृति, रूख तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद road, प्रकृति तथा  रूख को तस्बिर हुनसक्छ

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?