दार्चुलामा होमपाईपमा अड्किएर  दुई बालकको मृत्यु

दार्चुला । दार्चुला जिल्लामा  दुई बालकको होमपाइपमा अड्किएर मृत्युु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको होमपाइपमा आज अडकिएर मृत्यु भएको हो । मंगलबार दिउँसो पौडी खेलिरहेका बेला होम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

उनीहरुको शव स्काइभेटरको प्रयोग गरि निकालिएको उहाँले बताउनुभयो।

दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको होम पाइपमा अडकिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?