काठमाडौं । बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।
कर्णाली र सुदूरपश्चिममा भने अन्य प्रदेशको तुलनामा कम वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताउनुभयो । त्यसको कारणबारे खुलाउँदै मौसमविद प्रधानाङ्गले भन्नुभयो, ‘हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणी भूभाग भारतको बिहार क्षेत्रमा छ ।
त्यसैले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा त्यसको असर बढी र कर्णाली , सुदूरपश्चिमतिर कम पर्ने भएको हो ।’ मनसुनी न्यून चापिय रेखा रहेको स्थानमा बढी पानी पर्ने गर्दछ ।
मौसमविद् प्रधानाङ्गका अनुसार नेपालमा केही दिन ठूलो पानी पर्ने सम्भावना छैन ।
विभागले बुधबार बिहान जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार बुधबार दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बुधबार राति भने त्यस्तो सम्भावना केही स्थानहरुमा मात्र छ । बिहीबार र शुक्रबार पनि बुधबारको जस्तै अवस्था रहने पूर्वानुमान विभागले गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया