कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रवार को प्रदेश सभा बैठकमा अध्यादेश पेस गर्ने भएको छ । अध्यादेश मार्फत प्रदेश सरकारले प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ को ९ को १ र २ लागू नहुने भन्दै संशोधन गरेको थियो ।
उक्त अध्यादेश प्रदेश सभामा पेस नगरेको भन्दै नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपाले विरोध गरेका थिए । दुबै दलले बुधबार प्रदेश सभा बैठक समेत अवरुद्ध पारे ।
काँग्रेस र जसपाको विरोध पछि प्रदेश सरकारले शुक्रवार को बैठकमा अध्यादेश पेस गर्ने काँग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले जानकारी दिनुभयो ।
‘आजको कार्य व्यवस्था परामर्श समितिमा सरकारले अध्यादेश ल्याउने सहमति भएको छ’ उहाँले भन्नुभयो, ‘अध्यादेश प्रदेश सभामा नल्याउँदा सम्म हामीले बैठक सुरु हुन नदिने बताएका थियौँ ।’
दुई दलको विरोध पछि शुक्रबार दिउँसो २ बजे सम्मको लागि बुधबार बैठक स्थगित गरिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया