राष्ट्रिय सभाको अधिवेशन असार १७ गते आह्वान

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गएको पुसमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो ।

सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाको सातौँ अधिवेशन गएको पुस १७ गते प्रारम्भ भइ २६ गते अन्त्य भएको थियो । त्यस अधिवेशनमा चार बैठक बसेकोमा सात अध्यादेश पेस गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

पछिल्लो पटक गएको जेठ ८ गते प्रतिनिधि सभा विघटन भए पनि अहिले सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रिय सभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल हुनुहुन्छ । अहिले राष्ट्रिय सभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषदबाट सिफारिस भइ राष्ट्रपतिबाट मनोनित हुनुहुन्छ ।

पछिल्लो पटक गएको जेठ ६ र १७ गते निर्वाचित डाक्टर खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी हुनुहुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?