धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार धनगढीमा आयोजन गरेको खप्तड क्षेत्र पर्यटन विकास प्रतिबद्धता गोष्ठीमा मन्त्रीहरूले छ वटा बुदमा लिखित प्रतिबद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रवक्ता र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
खप्तड क्षेत्रको समग्र पर्यटन विकासका लागि प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्दै खप्तड क्षेत्र विकासका लागि प्राथमिकताका साथ योजना र बजेट केन्द्रित गर्ने छ,’ प्रतिबद्धता पत्रमा लेखिएको छ । उनीहरूले खप्तड क्षेत्रको पर्यटनको दीगो तथा योजनाबद्ध विकासका लागि गुरुयोजना निर्माण गराउने प्रतिबद्धता पनि जनाएका छन् ।
खप्तड क्षेत्रको विकासका आधारभुत आवश्यकताका पुर्वाधार विकास योजनाहरू तत्काल निर्माण गराउने प्रतिवद्धता समेत गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया