काठमाडौं । आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । । हरेक वर्षको जुन २६ तारिखका दिन लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रले गरेको हो।
दिवस मनाउनुको मुख्य उदेश्य विश्व समुदायलाई लागुऔषधको असर र कारोवारबाट मुक्त गराउनु हो । विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवाहरु नै रहेका छन् ।
विश्वमा गएको शताव्दीवाट लागुऔषधको कारोवारको गुणा धेरै बढेको विभिन्न अध्ययनले देखाएको छ । लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष करिब १९ लाख मानिसको मृत्यु हुने गरेको तथ्याकं छ ।
खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपालमा पनि लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५ प्रतिशत भन्दा बढी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया