छाङरु र तिङ्कर पुग्ने बाटो अवरुद्ध हुँदा आवतजावतमा समस्या

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

बाटो अवरुद्ध भएसँगै त्रिदेशीय सीमा क्षेत्रका गाउँहरु छाङरु र तिङ्करको दार्चुला सदरमुकाम खलंगाबाट सम्पर्क विच्छेद भएको छ ।
असार महिना सुरु भए यता भएको बर्षादका कारण ब्यास गाउँपालिका–१ जोड्ने बाटो क्षतविक्षत बनेको ब्यास गाउँपालिका–१ का वडाध्यक्ष असोकसिह बोहराले जानकारी दिनुभयो ।

भौगालिक कठिनाइले दुम्लिङदेखि छाङरु जोड्ने बाटो अधिकाशं ठाउँमा महाकाली नदी किनारै किनार लगिएको छ । भारतले धार्चुला–लिपुलेक सडक निर्माण गरिरहेकाले हाल महाकाली नदीमा माटो र ढुङ्गा भरिएको छ ।

सीमा क्षेत्र जोड्ने नेपाल तर्फको बाटो पूर्ण रुपमा अवरुद्ध भएकाले नेपालको बाटो भएर छाङरु र तिङ्कर आवत जावत गर्न सम्भव नरहेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।

त्रिदेशीय सीमा क्षेत्र जोड्ने बाटो अवरुद्ध हुँदा मानिसहरुको आवतजावतका साथै खाद्यान्न तथा निर्माण समाग्री ढुवानीमा समेत समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?