आइतबार नेपालमा थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसारका सबेभन्दा धेरै काठमाडौंमा २९२, सुनसरीमा १७१, मोरङ १०४, ललितपुरमा १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

कास्कीमा ८३, नुवाकोटमा ५८, चितवनमा ५५, सुर्खेतमा ४३, सिन्धुपाल्चोकमा ३९, काभ्रेपलाञ्चोकमा ३६, भक्तपुरमा ३२ , तनहुँमा २९, झापामा २६ र धादिङमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीमा १८, लमजुङ र बागलुङमा १७र१७ जना, स्याङजामा १५, दाङमा १४, दोलखा र कैलालीमा १३र१३ जना, उदयपुर, धनुषा र सप्तरीमा ११र११ जना, पाल्पामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

१० वर्ष मुनिका ५० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?