थप २,८९२ मा काेराेना पुष्टि, ३,५९७ जना संक्रमणमुक्त

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर परीक्षणबाट १ हजार ८८९ जना र ४ हजार ३८१ एन्टिजेन परीक्षण हुँदा १ हजार ३ जना गरी कूल २ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ५९७ जना काेराेनामुक्त भएका छन् ।

मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरी हालसम्म ३३ हजार ५६१ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । हालसम्म काेराेन संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९ हजार ११२ पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?