काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ ।
अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्नेरगराउनेलाई साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै भ्रामक फेसबुक पोस्टमा विश्वास नगर्न बैंकले सर्वसाधारणलाई अपिल गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया