महाकाली नदि सहित आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

दार्चुला । लगातारको वर्षाले देशका अधिकांश नदी तथा खोलाहरुमा पानीको सतह बढन थालेको छ । नदी तथा खोलाहरुमा बाढीको जोखिम उच्च रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ ।

बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको छ भने कोशी, नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ। भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढिगण्डकी, कालिगण्डकी, मर्स्याङदी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने छ भने पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, कन्काई, कमला, वाग्मती र पुर्वी राप्ती जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाब उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

यस्तै आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, वाग्मती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, रोल्पा, दाङ, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र आसपास जिल्ला भई बहने स -साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढी आइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?