यूएईले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्न प्रतिबन्ध लगायो

काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई० ले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा साउन ६ गतेसम्मका लागि यात्रामा जान प्रतिबन्ध लगाएको हो ।

यूएईले आफ्ना नागरिकलाई नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन्ध लगाएको हो ।

यस्तै यूएईको विदेश मन्त्रालयले अन्य देशको भ्रमणमा पनि कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?