काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि हजार शैय्याको अस्थायी अस्पताल बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन अझै कार्यान्वयन नभएको पाइएको छ ।
दोस्रो लहरको संक्रमण फैलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २० वैशाखमा देशबासीलाई सम्बोधन गर्दै नेपाली सेनालाई अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएका थिए ।
तर अस्थायी अस्पताल बनाउन नेपाली सेनाको हालसम्म कुनै सुरसार छैन । बरु मन्त्रिपरिषद्को १३ वैशाखको निर्णयअनुसार होल्डिङ सेन्टर बनाउन भने बल्ल काम थालिएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर शुरु भएको झण्डै तीन महीनापछि सेनाले ६ स्थानमा होल्डिङ सेन्टर बनाउने जग्गा भेटेको छ । थप दुई स्थानमा जग्गा खोजीको प्रक्रिया अझै जारी रहेको सैनिक मुख्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया