एमाले कार्यदलको बैठक फेरी बस्दै, आन्तरिक छलफल जारी

दार्चुला । एमाले कार्यदलबीचको वार्ता साँझ ७ बजेसम्मका लागि स्थगित गरेर आन्तरिक छलफल भइरहेको छ ।

आज दिउँसो करिब १ घण्टा छलफल गरेर नेताहरू उठेका छन् । छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् । उहाँले भन्नुभयो, आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’

संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।

माधव पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा छन् । आन्तरिक छलफल सकेर साँझ ७ बजे कार्यदल बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?