दार्चुला । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले पनि खोप आउन लागेको पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो । यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं ।’
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।
सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ । त्यसअनुसार ८ लाख डोज खोप शुक्रबार मात्र काठमाडौं ल्याइएको छ । ८ साउनभित्र २० लाख आइसक्ने सरकारले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया