दार्चुला । दार्चुलामा हिजो र आज कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको छ । दार्चुलाका नौँ वटै स्थानीय तहका विभिन्न स्थानमा गरी २० वटा खोप केन्द्र राखेर भेरोसेल खोपको दोस्रो मात्रा लागाइएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
गत जेठ २७ र २८ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यहि असार २५ र २६ गते दोस्रो मात्रा लगाइएको उहाँले बताउनुभयो । दार्चुलामा ५५ वर्ष माथि उमेर समूहका व्यक्ति, पहिलो चरणमा छुट भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संञ्चारकर्मी, कर्मचारी तथा पहिलो प्राथमिकताका व्याक्तिहरु गरि एक हजार चार सय ९५ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । त्यसमध्ये २५ गते पाँच सय बढीले दोस्रो चरणको खोप लगाएकोमा आज शुक्रबार छुट भएकाहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो चरणको खोप लगाएकाहरुको एकिन संख्या आइतबार थाहा हुँने स्वास्थ्य कार्यालयले जनाएको छ ।
भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि प्रदेश सरकारबाट १५ सय डोज भेरोसेल खोप दार्चुला पठाइएको थियो । यस्तै चीन संग सिमाना जोडिएको व्यास गाउँपालिकामा रहेका ४० वर्ष देखि ५५ वर्ष उमेर समुहका नागरिक तथा ५५ वर्ष माथिका छुट भएका सबै नागरिकहरुलाई पहिलो मात्रा भेरोसेल खोप लगाइएको बताइएको छ ।
पहिलो पटक खोप लगाएकाहरुलाई खोप कार्डको आधारमा दोस्रो चरणको खोप लगाइएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया