दार्चुलामा सक्रिय संक्रमित २१ मात्रै, ५ स्थानीय तह संक्रमणमुक्त

दार्चुला । दार्चुलामा अहिले सम्म चार हजार भन्दा बढिको पीसीआर तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २१ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । मंगलबारसम्म एक हजार ५८ जना संक्रमितले कोरोना जितिसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार दार्चुलाका पाँच वटा स्थानीय तह तत्कालका लागि कोरोना संक्रमितमुक्त भएका छन् । लेकम गाउँपालिका, दुहुँ गाउँपालिका,नौगाड गाउँपालिका, व्यासँ गाउँपालिका र मार्मा गाउँपालिकामा अहिले कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोना परीक्षण र स्वाब संकलन गर्ने क्रम घटेकाले पनि स्थानीय तहहरुमा कोरोना संक्रमित पहिचान नभएका हुन सक्ने भएकोले खानपान, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना र सतर्कतामा भने ध्यान दिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

कोरोनाका सक्रिय संक्रमित घट्दै गएपनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउनु आवश्यक रहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

दार्चुलामा कोरोनाका कारण हालसम्म ११ जनाको ज्यान गएको छ । अहिले महाकाली नगरपालिकाका १८ जना सहित जिल्लाभरी २१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?