दार्चुलामा निषेधाज्ञा हट्यो, विद्यालय भने अर्को निर्णय नहुदासम्म बन्द रहने

दार्चुला । दार्चुला जिल्लामा गत वैशाख २५ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ ।

साउन १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाको बैठकले जनजीवन सामान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।

सङ्क्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहको सिफारिसमा स्थान विषेश निषेधाज्ञा लगाउन सकिने निर्णय गरिएको छ । यस्तै भारत संग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिबद्धता गरे मात्र खोल्न सकिने निर्णय गरिएको प्रजिअ जोशीले बताउनुभयो ।

दार्चुलामा निषेधाज्ञा खुला भए पनि कोरोना संक्रमणको जाखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरिएको छ ।

जिल्लाभित्र संञ्चालन हुने प्रत्येक सार्वजनिक सवारी साधनहरुले अनिवार्य रुपमा सम्बन्धित समितिबाट प्रमाणित गरेको भाडादर (दररेट) यात्रुहरुले देख्ने गरी टास्नु पर्ने तथा सो नटासेको पाइएमा सम्बन्धित सवारी साधनलाई कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र हाल निषेधाज्ञाकै अवस्था रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने निर्णय गरिएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलाका चार वटा स्थानीय तहका १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पाँच वटा स्थानीय तह तत्कालका लागि सक्रिय संक्रमित मुक्त पालिका बनेका छन् ।

हेर्नुहोस जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाको बैठकले गरेका निर्णयहरु

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?