नौगाडमा बाढी र पहिरोले खानेपानी बगाएपछि समस्या

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ मा बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएपछि गाउँमा खानेपानीको अभाव भएको छ ।

यही असार १२ गते निर्माण सम्पन्न भएको डाँडा जामीर पसाड खानेपानी योजनामा बाढी र पहिरोले क्षति पुर्याएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । बाढी पहिरोले खानेपानी संरचनामा व्यापक क्षति पुर्याएको छ । यसले गाउँमा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।

बाढी र पहिरोले खानेपानी योजनाका ४ वटा इन्टेक र एउटा च्याम्बर बगाएको ठगुन्नाले बताउनुभयो । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनासंगको सहकार्यमा एक करोड ३४ लाख ५३ हजारको लागतमा निर्माण सम्पन्न भएको योजनामा बाढी र पहिरोले क्षति पुर्याएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको नौगाडबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

डाँडा जामीर, पसाड, गोगने टोलका नागरिकलाई खानेपानीको समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । गाउँमा आउने खानेपानी बगेपछि स्थानीयहरुलाई खानेपानीको निकै समस्या भएको धामीले बताउनुभयो । असार २५ गते गुन्ढाडु खोलामा आएको बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएको हो ।

यसैबिच बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम सजिवाटा टोलमा खानेपानी समस्या भएको छ । स्थानीय मेलगाड खोलाले खानेपानीको मुहान, च्याम्बर र दुई सय मिटर पाइप बगाएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय प्रकाश टमटाले बताउनुभयो ।

२०७१ सालमा बनेको उक्त खानेपानी योजनामा बाढीले क्षती गरेपछि सजिवाटाका दुई दर्जन परिवार दुई किलोमिटर टाढाको जेबलेपातल खोलाबाट बोकेर पानीको जोहो गरिरहेका छन् । गाउँमा खानेपानीको समस्या भएपछि स्थानीयहरुले योजना मर्मत तथा पुनर्निमाणका लागि स्थानीय सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?