दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामी (सन्तोष) नेतृत्वको टोलीले नौगाड गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै बाढी पिडिहरुसंग भेटघाट गरेको छ ।
मन्त्री धामी सहित जिल्ला सनन्वय समिती दार्चुलाका उपप्रमुख कृष्णसिंह धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी लगायतको टोलीले बाढी पिडितहरुलाई भेटेर राहात र सान्वना प्रदान गरेको हो । मन्त्री धामीले बाढीका कारण ज्यान र घरबास गुमाएका केहि परिवारलाई आर्थिक सहयोग समेत गर्नुभएको उहाँका स्वकिय सचिव रामदत्त जोशीले बताउनुभयो ।
मन्त्री धामी नेतृत्वको टोलीले बुधबार नौगाड गाउँपालिकाको बाढी पिडित क्षेत्रहरुमा स्थलगत अनुगमन गर्नुका साथै नौगाड गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुसंग राहत, पुनस्थापना र पुनर्निर्माण गर्ने सम्बन्धमा गहन छलफल भएको नौगाड गाउँपालिकाका कर्मचारी नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
मार्मा गाउँपालिकाको तर्फबाट अध्यक्ष जमन सिह धामीले नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीलाई बाढी पिडितहरुका लागि पचास हजार रुपैँयाको चेक हस्तान्तरण गरेको ठगुन्नाले बताउनुभयो ।
नौगाड गाउँपालिकाले मन्त्री धामी नेतृत्वको टोलीलाई स्वागत गरेको छ । निरीक्षण टोलीमा सहभागि पत्रकार हरिप्रसाद जोशीका अनुसार गाउँपालिकामा बाढी पहिरो पिडितहरुको राहात, पुनस्थापना र पुननिर्माणका विषयमा छलफल भएको छ । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षता तथा मन्त्री मान बहादुर धामीको प्रमुख आतिथ्यता रहेको छलफल कार्यक्रममा नौगाड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम सिंह ठगुन्नाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
माओवादी केन्द्रका नौगाड गाउँ कमिटी अध्यक्ष धनिराम ठगुन्नाले बाढि पहिरो जोखिम न्युनिकरण गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामीलाई प्रतिवेदन तथा ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो ।








विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया