महाकाली, नारायणी, कर्णाली लगायत नदीमा पानीको बहाव बढ्ने

दार्चुला । बिहिबारको वर्षाका कारण महाकाली, नारायणी, कर्णाली लगायत नदीमा पानीको बहाव बढ्ने भएको छ । कैलालीमा रहेको मोहना नदी मालाखेतीमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै महाशाखाका अनुसार आज नारायणी, कर्णाली, महाकाली, तिनाउ, पश्चिम राप्ती र बबई नदीका केही सहायक नदीमा पानीको बहाव बढ्ने छ । केही साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपाससम्म पुग्न सक्ने भएकाले तटीय तथा डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र खोटाङका नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुने सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।

यस्तै प्रदेश २ को महोत्तरी, धनुषासहित वाग्मती प्रदेशको दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाण्डौ, चितवन, मकवानपुरका नदीमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बाग्लुङ, पर्वतसहित लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दियाका नदीमा पनि बहाव बढ्न सक्ने महाशाखाको अनुमान छ ।

यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, दैलेखसहित सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर आसपास जिल्ला भइ बग्ने ससाना नदीमा बहाव केही बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?