दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ ।
व्यास गाउँपालिका–३ तुसरपानीमा खसेको पहिरोमा पुरिएर व्यास गाउँपालिका–२ राप्ला घर भएकी ५० वर्षीया बेलमती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
पहिरोमा परेर विहिबार (आज) विहान ९ बजे बेपत्ता भएकी बुढाथोकीको शव फेला परेको हो । मृतकको उद्धारका लागि स्थानीयसंगै नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।
तुसरपानी पहिरोमा परी सोहि ठाउँका रायमती बुढाथोकी घाइते हुनुभएको छ । व्यास गाउँपालिका–२ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा विहिबार बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते बुढाथोकीको दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया