एमाले संसदीय दलको बैठक भोलि, नेपाल पक्षलाई पनि बोलाइयो

दार्चुला । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो ।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?