एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

दार्चुला । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान नदिने बताउनुभएको छ ।

ओलीले शुक्रबार संसदीय दलको बैठक समेत बोलाएका छन् ।

सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् । एमाले सचिव गोकर्ण विष्ट भन्छन्, ‘कार्यदलले गरेको दश बुँदेमा टेकेर एकता जोगाउन अरु नेताहरुबीच पनि सम्वादमा चलिरहेको छ ।’

शुक्रबार बोलाइएको संसदीय दलको बैठक रोक्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेताहरुका साझा मत छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?