काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उहाँ आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,’ स्रोतले भन्नुभयो ।
देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया