काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो ।
एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए । बैठकपछि पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सबै प्रतिनिधि सभा सदस्यलाई निर्णयको पालना गर्न निर्देशन दिएको बताउनुभयो । साथै उहाँले अदालतको आदेश बमोजिम विश्वासको मतमा मतदान गर्ने र नगर्ने निर्णय व्यक्तिगत हुने समेत बताउनुभयो ।
बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया