पार्टी एकताका लागि एमालेका दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताहरु पार्टी एकताको लागि छलफलमा जुटेका छन् । विघटित एकता कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच अहिले छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलमा रहेका नेताहरु सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल सहभागी हुनुहुन्छ ।

यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी हुनुहुन्छ । शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो । यसले एमालेमा एकताको प्रयासमा अवरोध खडा गरेको माधव नेपाल पक्षका नेताहरुको भनाइ थियो । असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि नेताहरु छलफलमा जुटेको बुझिएको छ ।

वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा अनौपचारिक छलफल गरिरहने र नेतृत्वलाई दबाब दिइरहने नेताहरुको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?