दार्चुला । जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्ष २०७७÷०७८ मा १४० मुद्दा दर्ता भएका छन् । जसमध्ये ९५ वटा मुद्दा फर्छ्यौट भएका र ४६ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका अदालतले जनाएको छ । एक वर्ष नाघेका मुद्दा नरहेको बताइएको छ ।
दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३२ मुद्दाहरु रहेका छन् । तीमध्ये १४ मुद्दा फर्छ्यौट भइसकेका छन् । त्यस्तै जबरजस्ती करणीका मुद्दा १२ वटा दर्ता भएकामा ११ वटाको फर्छ्यौट भइसकेका छन् ।
दर्ता भएका र जिम्मेवारी सरी आएका मुद्धाहरुमध्ये एक वर्षको अवधिमा ९५ मुद्धा फच्र्यौट भएको दार्चुला अदालतले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया