संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

दार्चुला । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्नुभएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० गते बहुमत सदस्यले संवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउनुभएको थियो । निकै विवादित बनेको अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय अनुसार खारेज भएको हो ।

अध्यादेश अनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगसहितका धेरैजसो संवैधानिक निकायमा नियुक्ती सिफारिस गरेको थियो । सिफारिस अनुसार आयोगहरुमा संसदीय सुनुवाइ विना नै नियुक्ति भयो ।

अध्यादेश विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?