दार्चुला । विद्युत तथा सञ्चार सेवा सुधारका लागि अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाएको छ ।
विगत लामो समयदेखि दार्चुलामा विद्युत सेवा अनियमित छ । दार्चुला सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा विद्युत छिन छिनमा अवरुद्ध हुदाँ जनजिविका प्रभावित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको अनेरास्ववियुले जनाएको छ ।
कोरोना भाइरसको प्रभावले विद्यार्थीहरु अनलाईन कक्षा लिइरहेका बेला जिल्ला भरिका फोन टावरहरुले काम नगर्दा विद्यार्थीहरुको पढाई समेत प्रभावित भइरहेको प्रति ज्ञापनपत्र मार्फत अनेरास्ववियुले ध्यानआकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै विद्युत र फोन सेवालाई चाँडो भन्दा चाडो सुधार गर्नुपर्ने अनेरास्ववियुले जोडदार माग गरेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष आन सिह बडालले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य खेमराज जोशी, जिल्ला अध्यक्ष आनसिह बडाल लगायत विद्यार्थी नेताहरु जिल्ला प्रशासन कार्यालय दार्चुला पुगेका थिए ।
हेर्नुहोस अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया