कोरोना जितेपछि जोशीद्धारा अस्पताल परिवारलाई सम्मान

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली घर भएका इन्द्रदेब जोशीले कोरोना जितेपछि उपचारमा संलग्न चिकित्सकसहित जिल्ला अस्पताल दार्चुला परिवारलाई सम्मान गरिएको छ ।

कोरोना संक्रमण पछि लामो समय भेन्टिलेटरमा राखेर उपचार गर्ने चिकित्सक र सहयोगी सबै अस्पताल परिवारलाई जोशी परिवारले धन्यबाद ज्ञापन गर्नुका साथै दोसल्लासहित सम्मान गरेको हो ।

दार्चुला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजित सिंह धामी, प्रमुख मेडिकल सुपरिडेन्ट डाक्टर आदर्श लिम्बु, डाक्टर पुजा बम, डाक्टर नविन मल्ल, बागेश्वर मिस्र, ल्याब, एक्सरे, प्रशासन लगायत शाखा प्रमुखहरु, महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशी, शिक्षक जयराज जोशी उपचारमा संलग्न र सहयोगीलाई अस्पतालमा सम्मान गरिएको कोरोना जित्न सफल ईन्द्रदेब जोशीले बताउनुभयो ।

गत वैशाख २९ गते स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना हुनुभएका जोशी आइतबार मात्रै अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणको कडा लक्षण देखिएपछि उहाँलाइ भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कोरोना रिपोर्ट नेगेटिभ आउनुका साथै स्वास्थ्यमा सुधार हुन थालेपछि अस्पतालबाट जोशीलाई डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?