दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९, गोकुलेश्वरका स्थानीयले गोकुलेश्वर बजारमा अस्पताल रोड तर्फ जाने बाटो अवरुद्ध गरेका छन् ।
गोकुलेश्वरका व्यापारी, व्यवसायी तथा स्थानीयहरुले आफ्नो बस्ती नजिक फोहोर फालेको भन्दै बाटो अवरुद्ध गरेका हुन । व्यापारीहरुले दैनिक रुपमा फोहोर फाल्ने गरेको भएपनि नगरपालिकाले उक्त फोहोर व्यवस्थापनका लागि कुनै चासो नदेखाएको स्थानीय बादी समुदायको गुनासो छ ।
अहिले उनीहरुले वस्ती नजिकको फोहोरलाई बाटोमा फालेर बाटो अवरुद्ध गर्नुका साथै नगरपालिकासंग फोहोर व्यवस्थापनका लागि माग गरिरहेका छन् । बाटो बन्द हुँदा पैदलयात्रीहरुलाई आवतजावतमा समस्या भएको छ ।
बजारमा रहेको फोहोर व्यवस्थापनका लागि शैल्यशिखर नगरपालिकाले ३ बर्षअघि टिप्पर खरिद गरेपनि हाल प्रयोगविहिन अवस्थामा छ ।
गोकुलेश्वर बजार क्षेत्रमा विगतदेखि नै फोहोर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रभावकारी काम नगरेको स्थानीयको गुनासो छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया