दार्चुलाबाट यार्सागुम्बा सहित भारतिय नागरिक पक्राउ

दार्चुला । दार्चुला प्रहरीले जिल्ला सदरमुकाम खलंगास्थित पुलघाटबाट ९० ग्राम यार्सागुम्बा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतको पिथौरागढ जिल्ला धारचुला ग्राम पाङलाका अन्दाजी २३ वर्षीय गणेश सिंह बिष्ट पक्राउ परेका हुन् ।

महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सयुक्त टोलीले आज विहान करिव ११ बजेतिर परीक्षण गर्ने क्रममा बिष्टलाई यार्सागुम्बा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।

उक्त स्थान डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने भएका कारण बरामद ९० ग्राम यार्सागुम्बा र बिष्टलाई डिभिजन वन कार्यालय दार्चुलामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?