नहरमा डुबेर पाँच जनाको मृत्यु

दार्चुला। नेपालगञ्ज उपमहानगरपालिकाका तीन जना युवाको डुवेर मृत्यु भएको छ ।

बकर इदको अवसरमा रमाइलो गर्न भन्दै कोहलपुर नगरपालिका चटारस्थित डुडुवा खोलामा रहेको नहरमा गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ छन् ।

सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनमा नहरमा डुब्दा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?