लामो र मध्यम दूरीमा यातायात सञ्चालन गर्न गृह मन्त्रालयको जिल्लालाई निर्देशन

काठमाडौं । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ।

सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताए। उनका अनुसार अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ।

मन्त्रालयले बुधबार सबै जिल्लाका लागि पत्र समेत जारी गरेको छ। पत्रमा लेखिएको छ, ‘त्रिवि, लोकसेवा आयोग लगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले परीक्षाको आवागमन समेतलाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण हुन आदेशानुसार अनुरोध छ।’ कोभिडका कारण सरकारले वैशाख १६ गतेबाट लामो दूरीमा चल्ने सवारीसाधनमा रोक लगाएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?