मकरिगाडमा कार्यरत ओभरसियरको ढुंगा लागेर मृत्यु

दार्चुला । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरिगाडमा निर्माणाधीन मकरिगाड हाइड्रोपावरमा कार्यरत एक जना प्राविधिक कर्मचारीको ढुंगा लागेर ज्यान गएको छ ।

हाइड्रोपावरमा पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावाट मकरिगाड हाइड्रोपावरमा कार्यरत हुनुहुन्थ्यो । निर्माणको काम चलिरहेको बेला ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको हो ।

मृतक बोहराका तीन छोरा छोरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?