शुक्रबार शिखर पुजन जात्रा, दार्चुलाका दुई पालिकामा सार्वजनिक बिदा

दार्चुला । शिखरधाम पुजन जात्रा शुक्रबार लाग्ने भएको छ । जात्राको अवसरमा दार्चुलाका दुई वटा स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ स्थित राष्ट्रकै सातौ धाम मालिकार्जुनको पूजन जात्राको अवसरमा सार्वजनिक विदा दिइएको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले जनाएका छन् ।

राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मीक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले विहिबार (आज) एक सार्वजनिक सूचना जारी गर्दै मालिकार्जुनको शिखर पुजन जात्राको अवसरमा सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।

हन्दु धर्माबलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिन अघि नै चोखो निधो भएर जाने प्रचलन रहेको छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविस्वास छ।

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहिआएको छ ।

मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मडस्थित भण्डारिघरदेखि सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ। यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगिसेकका छन्।

शिखर जात्राको अवसरमा लटिनाथ नमुना मावि चौपाताले ग्वानी देखि मालिकार्जुन क्षेत्रका विभिन्न ठाउँमा नि:शुल्क गाडीको व्यवस्था गरेको प्रधानाद्यापक केशबराज बिष्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?