शैल्यशिखर मालिकार्जुनमा पुजन जात्रा सम्पन्न (फोटोफिचर)

दार्चुला । दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा असार शुक्ल चतुर्दशीको अवसरमा लागेको पुजन जात्रा सम्पन्न भएको छ ।

मालिकार्जुन मन्दिरमा सार्वजनिक गौदान गरी शिखर पुजन जात्रामा सहभागी श्रद्धालु भक्तजनहरुको यात्रा शुक्रबार विहान आरम्भ भएको र बेलुकी जात्रा सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

शुक्रबार बिहान ४ बजे भण्डारी घरबाट पूजापाठका आवश्यक सामग्रीहरु ‘भाराण’ मालिकार्जुन मन्दिरमा लगेर परिक्रमा गरिएको थियो । बिहान पुजन जात्राका लागि गएका भक्तजनहरु साँझ फर्किएका छन् । मन्दिर व्यवस्थापन समितिका सचिव जनकसिंह धामीका अनुसार यो वर्ष सयौँ भक्तजन दर्शनार्थीहरु पुजनजात्रामा सहभागि भएका छन् ।

No description available.

यो वर्षको शिखर जात्रामा विगत वर्षहरुको भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको जात्रामा सहभागि कृष्णदेब जोशीले बताउनुभयो । शिखर पुजन जात्राका लागि आएका दर्शनार्थीहरुको व्यवस्थापनमा उपलब्ध स्रोत साधनहरु भ्याउन हम्य हम्य भएको थियो । दर्शनार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी मालिकार्जुन मन्दिर भित्रै हेल्थ डेस्क समेत स्थापना गरिएको थियो । जात्रामा सहभागि दर्शनार्थीहरुको स्वास्थ्यमा आउने सक्ने समस्यालाई मध्यनजर गरी हेल्थ डेस्क स्थापना गरिएको हो ।

दार्चुलाका दुई स्थानीय तहले शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा दिएका थिए । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष दुई पटक पूजन जात्रा लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनुभयो ।

No description available.

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको यहाँका स्थानीय बुढापाखाहरु बताउँछन्। शिखर जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ। शिखर जात्राको अवसरमा लटिनाथ नमुना मावि चौपाताले शैल्यशिखरको ग्वानीदेखि मालिकार्जुन क्षेत्रका विभिन्न ठाउँमा विद्यालयको स्कारपिओमार्फत भक्तजनलाई निःशुल्क गाडीको व्यवस्था गरेको जनाएको छ ।

जात्रामा जाने भक्तजनहरुलाई शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी र धामी समाजले फलफुल वितरण गर्नुभएको थियो ।
नगरप्रमुख धामी र धामी (क्षेत्री) समाज नेपालको दार्चुला शाखाले मालिकार्जुन शैल्यशिखर जात्राको अवसर पारेर भक्तजनहरूलाई निःशुल्क फलफुल वितरण गरेको हो । प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन हुने शिखर धाम पुजनको लागि निराहार वर्त बसेर आउने श्रद्धालु भक्तजनहरूलाई मध्यनजर गरेर वर्तालुहरूलाई स्याउ, केरा र आप वितरण गरिएको मालिकार्जुनका स्थानीय मानसिह धामीले बताउनुभयो ।

सायद उभिएको, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

देशकै सातौ राष्ट्रिय धामको रूपमा रहेको मालिकार्जुनमा कार्तिक शुक्ल त्रियोदशी र असार शुक्ल चतुर्दशीका दिन शिखरधाम पुजनको परम्परा रहेको छ ।

सायद रूख, प्रकृति, बादल तथा  हिमाल को तस्बिर हुनसक्छ

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?