दार्चुलामा थप ४ जनामा कोरोना पुष्टि, ३२ सक्रिय संक्रमित

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा शनिबार २१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाकाली नगरपालिकाको वडा नम्बर ४ पुलघाटमा १२ जना तथा जिल्ला अस्पतालमा ९ जनामा गरिएको कोरोना परिक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

शनिबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएसंगै दार्चुलामा कोरोना संक्रमण हुनेको संख्या एक हजार एक सय २१ पुगेको छ ।

दार्चुलामा अहिले ३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोनाको कारण ११ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?