दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य रमेश बोहरा नेपाली कांग्रेसमा प्रवेस हुनुभएको छ।
शैल्यशिखर नगरपालिकाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बोहराले आफु एमाले परीत्याग गरी कांग्रेसमा प्रवेस गरेको जानकारी गराउनुभयो ।
शैल्यशिखर नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस दार्चुलाका उप–सभापति अमर सिंह धामीले शनिबार उहाँलाई काग्रेशमा प्रवेस गराउनुभएको नगरप्रमुख धामीका स्वकिय सचिव सुरेश बिष्टले जानकारी दिनुभयो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काग्रेश दार्चुलाका नेता बिक्रम सिंह धामी र मदन गिरी लगायत नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया