सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

पदावधि सकिएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएपछि डीआईजी श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको उल्लेख छ । अन्तरिम आदेशका लागि अदालतले दुवै पक्षलाई साउन १३ गते छलफलमा बोलाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?